निःशुल्क स्वास्थ्य शिविर
ललितपुर महानगरपालिका वडा नं ४ भित्र पर्ने अति नै महत्त्वपुर्ण धार्मिक तिर्थस्थल तथा चैते दशैंकाे दिन लाग्ने श्री आदिनाथ भगवानकाे "चोभाक्य म्वल्हुउ" जात्रा तथा मेला व्यवस्थापन गर्नकाे लागि ४ नं वडा कार्यालय द्वारा जात्राकाे लागि बागमति खाेलामा अस्थायी पुल लगायत निःशुल्क स्वास्थ्य शिविर काे व्यवस्थाले श्रद्धालु भक्तजन तथा सम्पुर्ण जात्रालुहरुमा सहजताकाे भाव झल्किएकाे छ ।
आदिनाथ ,आनन्दादि लोकेश्वर र चोभाद्य भनेर स्थान अनुसार बिभिन्न नामले पुकारिने स्वस्थ जिवनकाे कामना गरि पुजा गर्ने मच्छिन्द्रनाथमध्यकाे एक श्री आदिनाथ भगवानकाे "चोभाक्य म्वल्हुउ" अर्थात चोभार डाँडा मूनि रहेको तीर्थमा नुहाउने भनी बागमती र नख्खु दाेभान स्थित जय तिर्थमा हरेक वर्ष चैते दशैंका दिन जात्रा लाग्ने गर्दछ । बागमति नदि सफा हुँदा उक्त स्थानमा जात्राकाे दिन भक्तजनहरुको ठूलो मेला लाग्दथ्यो । हाल नदी फोहोर भएकाले भक्तजनहरुको केही कमी भएको पाइन्छ ।
