संरचनाहरू

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

मलपाेखरी

मलपाेखरी

ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउँछन्। जोखिमपूर्ण ठाउँमा भीड बढ्न थालेपछि अप्रिय घटना नहोस् भनेर अहिले प्रहरी खटाइएको छ। ठूलो पोखरीमा दुई जनामात्रै प्रहरी खटेकाले युवायुवतीले उनीहरूको आँखा छलेर भिडिओ बनाउने क्रम भने रोकिएको छैन। मल पोखरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको जग्गामा पर्छ। ५ सय ८३ रोपनीको जग्गामा दुई वटा प्रशोधन केन्द्रको निर्माण हुँदैछ। २०३२/३३ सालमा नै मल पोखरी बनाउने भनेर त्यहाँको जग्गा सरकारले अधिग्रहण गरेको थियो।

२०४०/४२ सालमा काठमाडौं उपत्यकाको ढल छान्नका लागि त्यो पोखरी बनाइएको थियो। केही वर्ष सञ्चालन भएपछि सो काम बन्द भयो। केही समय त्यहाँ नगरपालिकाले पनि फोहोर थुपार्ने ठाउँ पनि बनाएको थियो। तर स्थानीयले विरोध गरेपछि फोहोर हटाएको थियो।

अहिले त्यहाँ दुई वटा आधुनिक ढल प्रशोधन केन्द्र बन्दै गरेको छ ।