संरचनाहरू

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

ब्रम्हायणी (नेखु माजु)

ब्रम्हायणी (नेखु माजु)

Bhrahmayani (Nekhu Maju) One of the goddess from Astamatrika of Patan

ललितपुर महानगरमा हरेक वर्ष घटस्थापनाकाे दिनबाट शुरु हुने ३५० वर्ष पुरानाे ऐतिहासिक मल्लकालिन अष्टमातृका नाच (गँ प्याँख) जुन नाचमा १३ देवगण (नर्तक) र १३ पञ्च ताल छन् ,जसमा नृत्य शिक्षक र परम्परागत संगीतकारहरू संलग्न हुन्छन् । १३ देवगणमध्ये प्रत्येकले एक चरित्रको प्रतिनिधित्व गर्दछन् । नाचको पवित्रता कायम राख्न र देवताहरूको सम्मान गर्न सबै नर्तकहरूले आफ्नो कपाल काटेर नाच सुरु हुनुभन्दा एक दिन अगाडि व्रत बस्नुपर्छ ।


उनीहरुलाई नाच सम्पन्न नगरेसम्म मुखौटो हटाउन अनुमति हुँदैन । उक्त नाचमा देवगणहरु सम्बन्धित पिठमा गई पुजा, आराधना तथा साधना गरि देवता तान्ने कार्यकाे लागि हाम्राे ललितपुर महानगरपालिका वडा नं. ४ भित्र पर्ने अफलडाेल पलिंगाल स्थित महेश्वरी, बागडाेल स्थित ब्रह्मायणी तथा नख्खु (यप्पा) स्थित विष्णुदेवी गरि ३ मातृका पनि पर्ने हुँदा उक्त अष्टमातृका नाच (गँ प्याँख) समाप्ति सँगै देवता फिर्ता राख्न ल्याउने परम्परा अन्तर्गत देवगणहरु अफलडाेल पलिंगाल स्थित महेश्वरी र बागडाेल स्थित ब्रह्मायणी मा आउनुभएकाे बखत ललितपुर महानगरपालिका वडा नं. ४ का वडा सदस्य श्री सुनिल कुमार रानाज्यु द्वारा अब आउँदा दिनहरुमा अष्टमातृका नाच (गँ प्याँख) का समय देवगणहरुका अनुराेध अनुरुप हाम्राे वडामा आउनुपर्ने देवगणहरुका लागि सहज हुने वातावरण तयार गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।