Lalitpur Metropolitan City Ward 4

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

about-us

हाम्रो बारेमा

ललितपुर महानगरपालिकाकाे माैलिक नाम यल महानगर हाे । किराँती राजा यलम्बरकाे शासनकालबाट यल हुँदै हाल कलाकाे नगरी ललितपुर भनेर नेपाल मण्डलकाे शान भएकाे नगर हाे । याे नगर धार्मिक, सांस्कृतिक एवं एतिहासिक गाथा बाेकेकाे र विशेष रुपमा कलाकाे नगरी भनेर आफ्नाे पहिचान बनाउन सफल नगर हाे । ललितपुर महानगरकाे आकर्षणकाे केन्द्र बनेकाे यस ललितपुर महानगरपालिका वडा नं. ४ काे वडा कार्यालय जावलाखेलमा अवस्थित छ । पुर्वमा वडा नं. १३ तर्फकाे नटाेल, पुर्णाचण्डी र मानभवनकाे सिमाना बाँडेकाे यस ४ नं. वडाकाे ५ नं. वडा सँग भने मानभवन र नारायण भवनकाे सिमाना बाँडिएकाे छ । यसैगरी उत्तर दिशामा वडा नं. ३ सँग सिमाना बाँड्दै ललितपुर महानगरकाे जुद्ध बारुणा यन्त्र देखि सिधा पश्चिम तिर सेन्ट जेभियर्स र सेन्ट मेरिज हुँदै धाेबीघाट, अफलडाेल हुँदै सुन्दरीघाट पुल सम्म पुग्छ ।

वि सं २०६८ को जनगणना अनुसार यस वडामा वसोवास गर्ने मानिसहरुको  जनसंख्या १५,३६७ रहेको छ । ललितपुर महानगरपालिकाको कुल क्षे फ को २.०४ वर्ग कि मि क्षे फ यसले ओगटेको छ । यहाँ विभिन्न जातजाति एवं धर्मालम्वीहरुको बसोवास रहेको पाइन्छ । यस वडामा रहेका सरकारी तथा प्राइभेट स्कुलहरु, हस्पिटल, सम्पदा ,पर्यटकीय स्थलहरुलाई तपशिल बमोजिम उल्लेख गरिएको छ |

स्कुलहरु -: सुदेशा माध्यमिक विद्यालय, ग्रेस एकेडेमी, अन्नपूर्ण माध्यमिक विद्यालय,पाठशाला, अल्फा हिमालय स्कुल, डि ए भी स्कुल, कत। जेभियर्स स्कुल, नवजीवन स्कुल, सन्चेतना आधारभुत विद्यालय ,पञ्चकुमारी आधारभुत विद्यालय, मञ्जुश्री स्कुल,   एशियन कलेज, अबचभ  बलम ाबष्च आदि ।

हस्पिटलः अल्का २, ललितपुर हर्ट क्लिनिक,

सम्पदाहरुः विष्णुदेवी मन्दिर, ब्राहमणी मन्दिर, परिङ्गाल मन्दिर, जावलाखेल ढुङ्गेधारा, इकुहिटि ढुङ्गेधारा, धोविघाट सरस्वती मन्दिर, पट्टीपा गणेश मन्दिर, भनिमण्डल महादेवस्थान,वागडोल गणेश मन्दिर, वागडोल इनारचोक शिव मन्दिर,राम मन्दिर अफलडोल,जावलाखेल ललित मण्डप, पट्टिपा ढुङ्गेधारा आदि ।

पर्यटकीय स्थलः  केन्द्रिय सदर चिडियाखाना