प्राय सोधिने प्रश्नहरु
-
निर्माण सम्पन्न प्रमाण पत्र लिनको लागि चाहिने आवश्यक कागजातहरु
- नक्शा पासको फोटोकपी - १ प्रति
- पास पुर्जिको फोटोकपी - १ प्रति
- डीजाईनरको सिफारिस पत्र - १ प्रति
- डीजाईनरको ईजाजत पत्र - १ प्रति
- निर्माण सम्पन्न प्रमाण पत्र - २ प्रति
- मालपोत तिरेको रसिद फोटोकपी - १ प्रति
- घरको फोटो - २ प्रति
- व्यक्तिगत फोटो - २ प्रति (नक्शा वाला र जग्गा धनी )
-
आयश्रोत प्रमाणित गर्न चाहिने आवश्यक कागजातहरु
- घर भाडाको आय भएमा घर भाडाको सम्झौता पत्रको प्रतिलिपि|
- व्यवसाय तथा कृषि व्यवसायबाट आम्दानी प्रमाणित गर्न यस न.पा. मा अनिवार्य दर्ता हुनु
पर्नेछ तथा आम्दानी अदिट रिपोर्ट बोजिम गरिनेछ | तसर्थ यस न.पा. मा दर्ता भएको व्यवसाय
दर्ता प्रमाण पत्रको प्रतिलिपि र अदिट रिपोर्टको प्रतिलिपि निवेदनको साथ पेश
गर्नुपर्नेछ |
- तलब, पेन्सनबाट प्राप्त हुने आयको लागि सम्बन्धित निकायको पत्रको सक्कल तथा प्रतिलिपिका
साथै ल.पु.म.न.पा. क्षेत्र भित्र संचालनमा रहेका संघ संस्थाहरुमा काम गरे वापतको तलब
प्रमाणित गर्नुपर्ने भएमा उक्त संस्था/व्यवसाय यस न.पा. कार्यालयमा अनिवार्य दर्ता भएको
प्रमाण पेश गर्नुपर्नेछ र यस न.पा. क्षेत्र बाहिरको तलब प्रमाणित गर्नुपर्ने भएमा
सम्बन्धित न.पा./गा.वि.स./आन्तरिक राजश्व विभागमा दर्ता/नवीकरण र कर चुक्ताको प्रमाण
पेश गर्नुपर्नेछ |
- सवारी साधनको आयश्रोतको लागि यातायात व्यवस्था कार्यालयमा दर्ता भई यस न.पा.मा कर
तिरेको प्रमाण पत्रको प्रतिलिपि साथै अदिट रिपोर्ट प्रतिवेदनको प्रतिलिपि पेश
गर्नुपर्नेछ |
- राष्ट्रिय वचत पत्र/मुद्दती खाताको व्याजको लागि बैंकको प्रमाण पत्रको प्रतिलिपि तथा
सक्कल प्रति |
- विदेशको आयश्रोत प्रमाणित गर्नु पर्ने भएमा सम्बन्धित देश स्थित नेपाली दुतावास वा
नेपाल स्थित उक्त देशको दुतावासबाट प्रमाणित भएको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्ने
|
-
अंग्रेजीमा आय विवरण तयार पर्नु परेमा संलग्न गर्नुपर्ने कागजातहरु
- प्रमाणित गर्नु पर्ने आम्दानीको प्रतिलिपि,
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा नाता प्रमाणितको प्रतिलिपि,
- यस न.पा.मा घर/जग्गा भए घर/जग्गा कर तिरेको प्रमाण पत्रको प्रतिलिपि,
- विद्यार्थीको हकमा I-20/ Confirmation Letter को प्रतिलिपि र सक्कल कपी पेश गर्नु पर्नेछ |