
पुर्व वडा अध्यक्ष श्री नारायण के.सी ज्यूकाे असमायिक निधन

ललितपुर महानगरपालिका वडा ४ का पुर्व वडा अध्यक्ष श्री नारायण के.सी ज्यूकाे असमायिक निधन भएकोमा सम्पुर्ण वडा परिवारद्वारा दुःख व्यक्त गर्दै वहाँलाइ ४ नं. वडा कार्यालय परिसरमा नै श्रद्धाञ्जली अर्पण कार्य गरिएकाे छ । वहाँकाे असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै वर्तमान वडा अध्यक्ष सन्ताेष खडका लगायत सम्पुर्ण वडा सदस्य तथा वडा कर्मचारी, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उप प्रमुख मञ्जली शाक्य बज्राचार्य, शिक्षा तथा विज्ञानप्रविधि मन्त्री रघुजी पन्त लगायत सम्पुर्ण शुभचिन्तकहरुद्वारा वडा कार्यालय परिसरमै श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।

ललितपुर महानगरपालिका वडा ४ का पुर्व वडा अध्यक्ष श्री नारायण के.सी ज्यूकाे असामयिक निधन सँगै ४ नं. वडा परिवारले यस वडाकाे अग्रज सदस्य गुमाएकाे पिडा र अतुलनिय क्षति महशुस गर्दै सर्म्पुर्ण वडा परिवारद्वारा वहाँकाे सम्मान सहितकाे अन्तिम बिदाइ गर्नकाे लागि वहाँकाे पार्थिव शरीरलाइ ४ नं. वडा कार्यालय परिसरमा नै श्रद्धाञ्जली अर्पण कार्य गरिएकाे छ । वहाँकाे असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै वर्तमान वडा अध्यक्ष सन्ताेष खडका लगायत सम्पुर्ण वडा सदस्य तथा वडा कर्मचारी, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उप प्रमुख मञ्जली शाक्य बज्राचार्य, शिक्षा तथा विज्ञानप्रविधि मन्त्री रघुजी पन्त लगायत सम्पुर्ण शुभचिन्तकहरुद्वारा वडा कार्यालय परिसरमै अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।
सम्पुर्ण ४ वडा कार्यालय परिवार वहाँकाे दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाैं साथै यस दुःखद घडिमा शोक सन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछाैं ।