नव निर्मित फल्चा समुद्घाटन कार्यक्रम
मिति २०८१ चैत २८ गते बिहिबारकाे दिन ललितपुर महानगरपालिका वडा नं. ४ जावलाखेलमा अवस्थित नेपालकाे एक मात्र सदर चिडियाघर भित्र रहेकाे हरिशंकर नारायण मन्दिर परिसरमा रहेकाे स्थानिय हरुकाे दिगु द्याे (कुल देवता) संरक्षणका साथै उक्त परिसरमा ४ नं वडा कार्यालय र सदर चिडियाखानाकाे संयुक्त बजेतमा तयार भएकाे मल्लकालिन शैलिमा नव निर्मित फल्चा तथा शिशु स्तनपान कक्षकाे वन तथा वातावरण मन्त्री तथा राष्ट्यि प्रकृति संरक्षण काेषका अध्यक्ष माननिय ऐन बहादुर शाहि ठकुरी र ललितपुर महानगरपालिका प्रमुख श्री चिरिबाबु महर्जनज्युद्वारा संयुक्त रुपमा समुद्घाटन कार्यक्रम सम्पन्न गरिएकाे छ ।


