सूचना तथा समाचार

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

फेरी भेटाैंला कार्यक्रम

welcome-and-farewell-program
मिति २०८१ चैत १५ गतेका दिन यस ललितपुर महानगरपालिका वडा नं ४ मा कार्यरत निवर्तमान सचिव श्री ईश्वरी प्रशाद भण्डारी ज्युकाे बिदाइ कार्यक्रम तथा नव नियुक्त सचिव श्री अरुण गाेतामे ज्युकाे स्वागत कार्यक्रम समापन भएकाे छ ।
विगत लामाे समयदेखि वडा नं ४ मा कार्यरत निवर्तमान सचिव ईश्वरी प्रशाद भण्डारी ज्युले कार्यकाल अवधिभर ऐेन कानुन सम्मत रही निष्पक्ष तरिकाले वडा र वडावासीकाे कार्यलाई इमान्दार रही दिनुभएकाे सेवालाई कदर गर्दै वहाँकाे आउने दिनहरु अझै सुखद हाेस र सरुवा भइ जानुहुने अर्काे वडामा पनि अझै आफ्नो नाम राख्न सफल हुनुहाेस भनी ४ नं वडा कार्यालय परिवार वहाँकाे उज्ज्वल भविष्यकाे कामना गर्दछाैं ।
साथै यस वडा नं ४ कार्यालयमा नवनियुक्त सचिव अरुण गाेतामे ज्युलाई ४ नं वडा कार्यालय परिवारकाे तर्फबाट हार्दिक स्वागत तथा अब आउने दिनहरुमा वडा तथा वडावासीकाे कार्य सहज तथा कानुनसम्मत रहि निष्पक्ष ढङ्गले निर्वाह गर्नुहुने आशा गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछाैं ।
2025-03-28