छ्वासकामनि अजिमा
‘वर्षा र सहकालका’ देवता श्री रातो मच्छिन्द्रनाथ वर्षको ६ महिना पाटनको त:बहाल र अर्को ६ महिना बुङ्गमतिको मच्छिन्द्रबहालमा राख्ने चलन रहेको छ । सुर्य दक्षिणायनमा हुँदा श्री राताे मच्छिन्द्रनाथ (करुणामय) लाई " बुंङ्गमती " राख्ने र सुर्य उत्तरायनमा " पाटन त:बहाल" मा बिराजमान गराउने परम्परा अनुसार हिजाे मिति २०८० माघ १७ गते बुधबारकाे दिन बुङ्गमतिको मच्छिन्द्रबहालबाट पाटनकाे तःबहालमा विराजमान गराइएाे छ ।

यसरी श्री राताे मच्छिन्द्रनाथलाइ बुङ्गमति र पाटन लाने ल्याउने क्रममा यस ललितपुर महानगरपालिका वडा नं. ४ काे क्षेत्र पनि महत्वपुर्ण मानिन्छ । सम्पदाकाे हिसाबले निकै धनी यस ४ नं. वडाकाे सिमाना ङेखु खुसी जसलाइ हाल चलनचल्तीकाे भाषामा नख्खु खाेला पनि भनिन्छ त्यहाँबाट विष्णुदेवी मन्दिर हुँदै भनिमण्डल, एकान्तकुना देखि जावलाखेलसम्म पर्ने वडा नं. ४ काे क्षेत्रभित्र श्री राताे मच्छिन्द्रनाथलाइ दुइ ठाउँमा बिसाउने गरिन्छ । एउटा नख्खुमा विष्णुदेवी मन्दिर अगाडीकाे मण्डपमा भने अर्काे पटक एकान्तकुना अवस्थित छ्वासकामनि अजिमाकाे मण्डपमा श्री राताे मच्छिन्द्रनाथलाइ विसाउने चलन रहिआएकाे छ ।

उक्त छ्वासकामनि अजिमाकाे मण्डपमा सडकमा हुने यातायात द्वारा हानी नाेक्सानी नहाेस भनि छानाे सहितकाे छेकबार लगाइ पुजाआजा गरिने गरेकाेमा श्री रातो मच्छिन्द्रनाथ लाने ल्याउने समयमा श्रद्धालु भक्तजनहरुलाइ सहजताकाे लागि वडा कार्यालयबाट उक्त छानाे सहितकाे छेकबार समयमा हटाउने तथा अरुबेला घेरा लगाउने कार्य हुँदै आएकाे छ ।