संरचनाहरू

ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार

महेश्वरी ( पलिगाल माजु )

महेश्वरी ( पलिगाल माजु )
पाटन नगरको अष्टमातृकाहरु मध्ये एक महेश्वरी देवीको शक्तिपीठ ललितपुर महानगरपालिका वडा नं ४ भित्रको अफलडोलमा अवस्थित छ। महेश्वरी देवीलाइ रुद्रायणी माता को नाम बाट पनि चिनिने गरिन्छ। हाल स्थानिय वासीहरुले पारिङ्गाल देवी को नाम बाट चिनाइराख्नु भएको यो मन्दिर सुन्दरीघाट बागमती खोला किनार नजिक मलपोखरी को उत्तर पश्चिम कुना मा अवस्थित छ । पलिंगाल बाट अपभ्रम्श भई पारिङ्गाल हुन पुगेको एस मन्दिरलाई रुरु भैरवको शक्ति पनि भन्ने मान्यता रहेको छ। कीर्तिपूर तिर बाट पाटन सहर पस्ने बाटोमा अफलडोलमा स्थापित यस शक्तिपीठ बाट नै पाटन नगरको येहाको बाटोको सुरक्षा हुने मान्यता छ। यस शक्ति पीठमा सबै गणहरु भएको मान्यता छ।

नेपाल मण्डल को एक अति महत्त्वो पूर्ण धार्मिक यात्रा "दिपंखा यात्रा" मा यो शक्तिपीठ छुटाउन नहुने पनि मान्यता छ । साथै मल्ल कालिन राजा श्री निवास मल्ल द्वारा संचालन मा ल्याइएको पाटन नगर को ऐतिहासिक अष्टमातृका नाच "गँ प्याखँ" संग पनि यस पलिंगाल (महेश्वरी) देवीको शक्तिपीठ को गहिरो सम्बन्ध रहेको छ।
ललितपुर महानगरपालिका वडा नं ४ द्वारा यस्तो महत्त्वोपूर्ण शक्तिपीठ तथा सम्पदा जगेर्ना गर्नको लागि तथा अब आउने दिनहरुमा धार्मिक पर्यटकीय स्थल को रुप मा चिनारी दिनको लागि स्थानिय चुनाव लगत्तै मन्दिर तथा येहाँ रहेका नेवा गुठि र सामुदायिक भवन निर्माण संगै सम्पूर्ण मन्दिर परिसर विकास को लागि निरन्तर सहयोग भैरहेको जानकारी गराउदछौं।