विष्णुदेवी ( यप्पा माजु )
श्री विष्णुदेवी मन्दिरको गुण र रहस्य बारे साधनात्मक दृष्टिकोणबाट हेर्दा स्वास्थानी कथा प्रशंगमा आधारित छ । सत्ययुगमा जालन्धरलाई मार्नका लागि जालन्धरकी पत्रिव्रता स्त्री बृन्दाको पतिव्रता धर्म नष्ट गर्नु पर्ने भएकोले शिवजीको आज्ञा बमोजिम भगवान विष्णुले जालन्धरको रुप धारण गरी छलकपटपूर्वक जालन्धरको हाउभाउ र स्वभावको नक्कल गरी बृन्दाको पतिब्रता धर्म नष्ट गरी भगवान विष्णुले आफ्नो चतुर्भुज स्वरुपको दर्शन वृन्दालाई देखाउँदा वृन्दाले छल गरेछन भनी रिसले व्याकुल भई, “हे कपटी विष्णु तिमीले कपटपूर्वक मायाले छोपी मेरो सतित्व भंग गरेकाले तिमीलाई म श्राप दिन्छु” भनी वृन्दाले विष्णुलाई ४ वटा श्राप दिइन

१) तिमीले ढुङ्गा भएर हजारौं वर्ष बिताउनु परोस् भन्दा विष्णु शालिग्राम ढुङ्गा भएर बस्नु प¥यो,
२) तिमीले घाँस भएर बस्नु परोस भन्दा कुश भएर बस्नु प¥यो,
३) झार भएर बस्नु परोस् भन्दा तुलसी भएर बस्नु प¥यो र
४) तिमीले जडवृक्ष भएर बस्नु परोस् भन्दा पीपल भएर बस्नुप¥यो ।

भगवान विष्णु वृन्दाको श्रापबाट मुक्त भई बैकुण्ठ लोक गईसकेका थिए । यता विष्णुदेवी विष्णुलाई भेट्न आतुर थिइन र त्यही आतुर अवस्थामा विष्णुदेवी माताले दीकपाल दम्पतिलाई सोधिन भने तिमीहरुलाई म के आशिर्वाद दिउँ म तिमीहरुको म प्रतिको श्रद्धा सेवा र समर्पणबाट एकदमै प्रसन्न छु । तिमीहरुले के माग्दछौं, माग, जे माग्दछौं त्यही दिन्छु भन्दा, दीकपाल दम्पति भन्दछन् “माता हामीलाई केही पनि चाहिएको छैन, हामीलाई दिने नै हो भने हजुरको सानिध्य मात्र चाहिएको छ । सदासर्वदा हजुरको सानिध्यतामा हजुरको सेवामा समर्पित हुन सकौं, हाम्रो इच्छा आकांक्षा र अभिलाषा यति मात्र छ माता” भन्दा विष्णुदेवी माता भन्छिन यो सम्भव छैन । यस बाहेक अरु जे माग्दछौं त्यही वरदान दिन म समर्थ छु भन्दा दीकपाल दम्पतिले आफ्नो हठ त्यागेनन् । परिणाम स्वरुप उग्रचण्डी स्वरुप माता विष्णुदेवीले दीकपाल दम्पतिको शिर छेदन गरी तेजो स्वरुपमा विष्णुलोक तिर जाँदै गर्दा बाटैमा यी निरपराध दीकपाल दम्पतिको तेज विष्णुदेवीको तेजमा मिल्न गयो । जब विष्णुदेवी महालक्ष्मी स्वरुपमा विष्णु सामु उपस्थित भइन तवसम्म अन्तरयामी विष्णुलाई उपरोक्त सम्पूर्ण घटनाक्रम थाहा भइसकेको थियो ।

त्यसैले विष्णुले महालक्ष्मीलाई स्वीकारेनन् र भने “हे देवी तिम्रो हातबाट धेरै ठुलो जघन्य अपराध भएको छ यी निरपराध परमभक्त दीकपाल दम्पतिको वध क्षमागम्य नभएकोले जाउ तिमी अब त्यस मत्र्यलोकमा त्यतिन्जेलसम्म बस्नु पर्ने भछ, जतिन्जेलसम्म तिम्रो मन्दिरमा एक तपोनिष्ठ तपस्वी ब्राम्हाण जोगी आएर रात दिन अघोर मन्त्र पढेर मुक्त गराउने छैन तबसम्म घोर कष्टका साथ मत्र्यमण्डलमा तिम्रो बास हुनेछ” भनी भगवान विष्णुले विष्णुदेवीलाई मत्र्यमण्डलमा बस्न विवश बनाएको प्रसंग पमाणित हुन्छ भने भक्तको इच्छा यसरी भगवानले पुरा गर्दछन भन्ने अर्को प्रसंगको पुष्ट्याई हुन्छ । यसरी विष्णुदेवी माता लज्जा र पश्चातापका साथ मत्र्यमण्डलमा अवतरण भई आफ्ना प्रियतम भक्त दीकपाल दम्पतिको पार्थिव शरीर भनौ वा लाशलाई आपूmले तपस्या गरेको तपस्थलीदेखि अलि पर लगेर नौ टुक्रा दाउरा जम्मा गरी अग्नी उत्पन्न गरी दाहसंस्कार गरेको र दाहसंस्कारबाट अवशेष रहेको अस्तु र भष्म बागमतीमा सेल्याएको हुँदा आजसम्म पनि सोही अनुरुपको संस्कार विद्यमान रहेको प्रसंग प्रमाणित हुन्छ !